थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा कोरोना भाइरसका सक्रमित थपिएका हुन्।

बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालस्थित प्रयोगशालामा जनाको परीक्षण गर्दा बाँकेका ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।

कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here