‘भारतबाट आएको कडा भाइरस रहेछ, आएकाहरु लुकेर बस्दा झन समस्या भयो ‘

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

“अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलिक नरम देखिएको थियो । इटालीबाट आएको पनि नरम देखिएको थियो । दुबइबाट आएको पनि नरम देखिएको बताए । पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here