आठ महिनामा ३४५ उद्योग दर्ता, सबैभन्दा धेरै पर्यटन क्षेत्रमा

काठमाडौं, ८ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३४५ वटा उद्योगहरु दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन देखि चैतसम्मको आठ महिनामा दर्ता भएका ३४५ उद्योगमध्ये सबैभन्दा धेरै पर्यटनमुलक क्षेत्रसँग सम्बन्धित छन् ।

विभागको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा ९६ वटा उद्योग दर्ता भएको छ । त्यसपछि उत्पादनमुलक क्षेत्रमा ९४ वटा र सेवामुलक क्षेत्रमा ८७ वटा उद्योग दर्ता भएका छन् ।

त्यस्तै उर्जामुलक क्षेत्रमा ३०, कृषि तथा वनजन्य क्षेत्रमा २२, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा १२, निर्माण क्षेत्रमा ३ र सबैभन्दा कम खनिजजन्य क्षेत्रमा एउटा मात्रै उद्योग दर्ता भएको छ ।

देशमा लगानीको वातावरणमा सुधार हुँदै जाँदा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उद्योग धन्दा दर्तामा केहि वृद्धि भएको पाईन्छ ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्त सम्ममा ३३५ वटा उद्योगहरु दर्ता भएको उद्योगविभागले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here