रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

काठमाडौं, ७ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो। रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो।

दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ। टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो।

अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए।

हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here