स्वेच्छिक पिसिआर परीक्षणको शुल्क तोकिएको छैन‍: स्वास्थ्य मन्त्रालय

काठमाडौं, ७ जेठ । कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिलेसम्म पिसिआर परिक्षणको मुल्य तोक्न बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

हालसम्म परीक्षण सम्बन्धी कार्यविधि मात्र बनेको उनले जानकारी दिए । मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने निर्णय गरेको थियो ।

सरकारले तोकेको कम्पनीबाहेकको कीट प्रयोग गर्न चाहने अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिनु पर्नेछ । प्रयोगशालाले त्यसको अध्ययन गरी मूल्यांकन गरेपछि मात्र प्रयोगको अनुमति दिने छ ।

आरडीटी परीक्षण गर्न चाहने अस्पताल स्वास्थ्य मन्त्रालय वा त्यसअन्तर्गतका निकायमा दर्ता भइ चलेको हुनुपर्ने र नवीकरण गरेको हुनुपर्ने छ ।

त्यसका साथै त्यस्ता संस्थाले आरडीटी परीक्षणका लागि उपत्यकाभित्र भए स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका भए सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनु पर्नेछ ।

निर्देशिकाले आरडीटी परीक्षण अस्पताल प्रयोजनका लागि मात्र गर्न र नतिजा पोजिटिभ देखिए पीसीआर रिफर गर्न निर्देशन दिएको छ ।

साथै अस्पतालहरुले आरडीटी परीक्षणको प्रतिवेदन दैनिकरुपमा जनस्वास्थ्य प्रयोगशालामा पेश गर्नु पर्नेछ । र सरकारले माग गरेका थप सूचनाहरु उपलब्ध गराउनु पर्ने छ ।

सरकारी अस्पतालहरुमा मात्र परीक्षण गर्दा बढ्दो मागलाई सम्बोधन गर्न नसक्ने देखिएपछि सरकारले निजी तथा सामुदायिक अस्पतालाई पनि कोरोनाभाइरस परीक्षण गर्न दिने भएको हो ।

निजी अस्पतालले आरडीटी खरीद मूल्यको २० प्रतिशत बढीसम्म परीक्षण शुल्क लिन पाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here