बैशाखभित्रै वित्तीय प्रगति देखिने गरी काम गर्नुस् : अर्थमन्त्री

काठमाडौं ८, बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले बैशाख मसान्तभित्रमा भौतिक प्रगतिको अनुपातमा वित्तिय प्रगति पनि देखिने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

आइतबार दिउसो अर्थ मन्त्रालयमा बजेटको कार्यान्वयनको समीक्षा कार्यक्रममा वोल्दै उनले धेरै बजेट भएका मन्त्रालयका सचिवहरुलाई नतिजा आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

सबै मन्त्रालयले अधिकतम प्रयास गरी बैशाख मसान्तसम्ममा दुई तिहाई पुँजीगत खर्चको नतिजा ल्याउनु पर्ने भन्दै डा. खतिवडाले अब कुनै बहानाबाजी नचल्ने बताए ।
‘चाहेमा एक महिनामा धेरै काम गर्न सकिन्छ,’ उनले भने ।

आयोजनाहरुको भौतिक प्रगति भए अनुरुप वित्तिय प्रगति देखिने गरी यथासमयमै भुक्तानी दिनुपर्ने भन्दै मन्त्री खतिवडाले दायित्व सिर्जना भई सकेका विषयलाई आगामी वर्षका लागि दायित्व नसार्न र रकमको अभावले परियोजनाको काम नरोक्न निर्देशन दिएका छन् ।

बैशाख मसान्तसम्मको मन्त्रालयहरुको पूँजीगत खर्चको अनुपातमा आगामी वर्षको लागि बजेट विनियोजन गर्ने आधार तयार हुने र सोही कार्यसम्पादनको आधारमा आगामी वजेट विनियोजन गरिने पनि उनले स्पष्ट पारे ।

‘सरकारलाई बदनाम बनाउनकै लागी पुसमा सम्पन्न भएका कामको रकम पनि असारमा दिने गरिएको छ । सम्पन्न भएका परियोजना तथा आयोजनाहरुको रकम तत्काल भुक्तानी गर्नुस्,’ उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।
बिल पेश भएर पनि तत्काल भुक्तानी नभएमा जिम्मेवार निकायहरु जवाफदेही हुनु पर्ने भन्र्दै मन्त्री खतिवडाले अर्थ मन्त्रालय यसका लागी जस्तो सुकै सहयोग र सहजीकरण गर्न तयार भएको बताए ।

वैदेशिक स्रोतको परिचालनका सम्वन्धमा सर्तहरुलाई व्यवहारिक रुपमा लागु गर्न सक्ने गरी सम्झौता गर्नु पर्ने र भई सकेका सम्झौताहरु पालना गर्नुपर्ने भएमा बलमिचाइ गर्न नहुने अर्थमन्त्री डा. खतिवडाले बताए ।

स्थानीय, प्रदेश र सघले सम्पन्न गर्ने आयोजना वर्गिकरण गर्न अति आवश्यक भएको भन्दै उनले प्रदेशमा जाने सर्शतका आयोजना र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तया नभएका आयोजना वजेटमा समावेश नगर्न अह्राए । साथै, बहुवर्षिय योजनाको लागि राष्ट्रिय योजना आयोगको सहमति लिएर मात्र वजेट प्रस्ताव गर्न समेत निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here