पर्यटनमा प्रदेश सरकारका नौला खोज, प्रदेश नं ३ ले ल्यायो आफ्नै ब्राण्ड नेम

काठमाडौं, ९ बैशाख । प्रदेश सरकारहरुले पर्यटन विकास र प्रवद्र्धनमा नयाँ नयाँ खोज थालेका छन् । २०७५ साललाई कर्णाली भ्रमण वर्ष भनेर सबैभन्दा पहिले सक्रियता देखाएको कर्णाली सरकारलाई पच्छ्याउँदै अहिले अन्य प्रदेशले पनि नयाँ नयाँ खोज थालेका छन् ।

यसैबीच प्रदेश ३ ले पर्यटनमा आफ्नै “ब्राण्ड नेम” तय गरेको छ । अब प्रदेश नं ३ ले पर्यटनको चिनारीका लागि “प्याराडाइज प्रोभीन्स ३ : क्राफ्टेड हेभन इन नेपाल” ब्राण्ड नेम प्रयोग गर्ने भएको प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले चालु आव २०७५\७६ को बजेटमा पर्यटन ब्राण्ड नाम तयारी तथा निर्माण गर्ने कार्यक्रम समेटेको थियो । प्रदेश सरकार, प्रदेश ३ को मन्त्रीपरिषद् बैठकले गत फागुन १० मा ब्राण्ड नाम निर्माण गर्न सार्वजनिक सूचना जारी गरी १ लाख पुरस्कारको समेत घोषणा गरेको थियो ।

सोहीअनुसार विजनेन फर्मुला प्रालि र मनिष रोकायाले तयार पारेका दुई वटा नामलाई संयुक्त जोडेर “प्याराडाइज प्रोभीन्स ३ ः क्राफ्टेड हेभन इन नेपाल” ब्राण्ड नेम तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आइतबार पर्यटनमा आफ्नो ब्राण्ड नेम र लोगो स्वीकृत गरेको हो । लोगो र ब्राण्ड नेम मंगलबार काठमाडौंमा औपचारिक कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी मन्त्रालयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here