स्वास्थ्य प्रति सचेत हुँदै उपभोक्ता, लो क्यालोरीयुक्त कोल्ड ड्रिङ्क्सको माग बढ्दै

केही समय अघिसम्म गाँउघर तिर पाहुनालाई चिसो महि वा सर्बत पानी दिइन्थ्यो तर, आजकाल के गाँउ के शहर सबै  तिर कोकाकोला/पेप्सी जस्ता कोल्ड ड्रिङ्क्सले बजार ओगटेको छ ।

गर्मीमा चिसो कोल्ड ड्रिङ्क्स पिउने प्राय हामी सबैको बानी हुन्छ । साथीहरुसँग भेटघाट गर्दा होस् वा घरमा जमघट हुँदा हामी पिउनको लागि गर्मी महिनामा सकेसम्म कोल्ड ड्रिङ्क्स नै रोज्ने गर्छौ ।

यस्ता पेय पदार्थमा चिनीको मात्रा बढी हुने र धेरै क्यालोरी हुने भएकाले चिकित्सकहरुले कोल्ड डिङ्क्सको सेवन कम गर्न सुझाव दिने गर्छन् । तर, पनि आम उपभोक्तालाई स्वास्थ्य भन्दा पनि स्वादसँग मतलब हुने गर्छ । अब भने उपभोक्ताहरु विस्तारै आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेको पाइएको छ ।

कोल्ड ड्रिङ्क्सकै सवालमा पनि उपभोक्ताको रुची फेरिँदै गएको छनक पाएपछि पेयपदार्थ बजारका दुई प्रमुख खेलाडि कोकाकोला र पेप्सीकोेले आफ्नो रणनीति फेरेका छन् ।

अहिले बजारमा पाइने सामान्य कोल्ड ड्रिङ्क्स भन्दा कम गुलियो र लो क्यालोरीयुक्त ड्रिङ्क्सको उत्पादन तिर उनीहरुले जोड दिन थालेका छन् ।

आम उपभोक्ताहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिँदै कम लो सुगर र लो क्यालोरी युक्त डाइट उत्पादनहरु रोज्न थालेपछि उत्पादहरुले यस्ता उत्पादनको मात्रा बढाउन थालेको बताइएको छ ।

कोल्ड ड्रिङ्क्सको प्रमुख बजार मानिने भारतको माथि उल्लेखित दुई मध्ये एक कम्पनीका एक अधिकारीले भने, ‘हामीले डाइट र लो सुगर पेयको यस्तो अभाव पहिले देखेका थिएनौं ।’

कोकाकोला र पेप्सी दुवै कम्पनीले सामान्य पेय भन्दा केही स्थस्थकर मानिने कम सुगरयुक्त र कम क्यालोरी युक्त ड्रिङ्क्सको उत्पादन बढाएर उपभोक्ताको माग समेट्ने रणनीतिमा लागेका छन् ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here