भारतमा ४८ हजारले जिते कोरोना, एकैदिन ६०८८ जनामा संक्रमणको पुष्टि

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ। बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टिभए सँगै उक्त संख्या पुगेको हो । भारतमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म संक्रमितमध्ये हालसम्म ३ हजार ५८३ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये ४८ हजार ५०० जना निको भइसकेका छन्।

हालसम्म भारतमा २७ लाख मानिसको कोरोना परीक्षण गरिएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here