थप ३२ जनामा कोरोना संक्रमण, काठमाडौंमा पनि थपिए संक्रमित

काठमाडौं, १० जेठ । नेपालमा थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,-काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला-भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला-भरतपुरमा गरिएको परीक्षणमा फेला परेका संक्रमितमा दुई जना महिला र ३० जना पुरूष रहेका छन्।

संक्रमितमध्ये ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको हुन् भने १३ जना सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका र एक जना बारा करैयामाइ गाउँपालिकाका हुन्।

यसैगरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा फेला परेका ८ जना संक्रमित रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका बासिन्दा हुन्।

यस्तै चितवनमा फेलापरेका संक्रमित भरतपुर-६ का बासिन्दा भएको मन्त्रालयले जनाएको छ।

यसैगरी अर्का एक ३५ वर्षीय संक्रमित काठमाडौंका पुरूष भएको खुलेको छ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको भएका छन्।

संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here