विदेशी लगानीका उद्योग : संख्या बढ्यो, लगानी घट्यो

सांकेतिक तस्वीर

काठमाडौं, ९ वैशाख । विक्रम सम्बत २०७५ मा नेपालमा विदेशी लगानीका ४३८ वटा उद्योग दर्ता भएका छन् ।

यी उद्योगहरुमा भण्डै ३२ अर्ब विदेशी लगानी हुने बताइएको छ । अघिल्लो वर्षको तुलनामा विदेशी लगानीका उद्योग दर्ता संख्या बढेको भए पनि लगानी रकम भने घटेको छ ।

विस २०७४ मा करीब ४० अर्ब रुपैयाँ लगानीका ३७९ वटा उद्योग दर्ता भएका थिए ।

२०७५ सालमा उद्योग विभागमा उर्जा क्षेत्रका दुई वटा उद्योग दर्ता भएका छन् जसमा १४ अर्ब १६ करोड रुपैयाँ बराबरको विदेशी लगानी हुनेछ ।

सबैभन्दा धेरै विदेशी लगानीका उद्योग भने पर्यटन क्षेत्रमा दर्ता भएका छन् । १६७ वटा उद्योग दर्ता भएको पर्यटन क्षेत्रमा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको विदेशी लगानी हुने उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै १३३ वटा उद्योग दर्ता भएको सेवा क्षेत्रमा २ अर्ब ६९ करोड विदेशी करोड र ७९ वटा उद्योग दर्ता भएको उत्पादनमुलक क्षेत्रमा ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको विदेशी लगानी हुने बताइएको छ ।

सूचना, प्रविधि र सञ्चारको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका ३१ उद्योग दर्ता भएका जसमा ५७ करोड रुपैयाँ लगानी हुने छ ।

त्यस्तै २२ वटा उद्योग दर्ता भएको कृषि तथा वन्यजन्तु क्षेत्रमा २० करोड रुपैयाँ र ४ वटा उद्योग दर्ता भएको खनिज क्षेत्रमा एक अर्ब ८१ करोड वैदेशिक लगानी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here