खाडी मुलुकमा कोेराना संक्रमितको संख्या १ लाख ७१ हजार नाघ्यो , कुन देशमा कति ?

काठमाडौं, १० जेठ । नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार खाडी मुलुकमा १ लाख ७१ हजार २७४ जना संक्रमित भएका छन् भने ८०८ जनाको मृत्यु भएको छ ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३६४ जनाको मृत्यु भएको छ । त्यहाँ ६७ हजार ७१९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २४१ जनाको मृत्यु भएको छ भने २७ हजार ८९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १३८ जनाको मृत्यु भएको छ भने १९ हजार ५६४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ७९४ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १९ जनाको मृत्यु भएको छ भने ४० हजार ८९१ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ४१४ जना संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here