पुनः संक्रमण देखिएका दुईसहित थप ९ जना कोरोना मुक्त

फाइलफोटो

काठमाडौं, १० जेठ । वीरगन्जको नारायणी अस्पतालबाट कोरोना जितेर ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ९६ जना संक्रमितमध्ये शनिबार ९ जना डिस्चार्ज भएका अस्पताल स्रोतले जनाएको छ ।

डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक समेत रहेका छन् ।

उनीहरूसँगै बाराका २, पर्साका ३ र रौतहटका २ जना पनि डिस्जार्ज भएका छन्। डिस्चार्ज भएका सबै पुरुष हुन्।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७९ पुगेको छ। संक्रमित संख्या भने ५ सय ९१ पुगेको छ। शनिबार साँझसम्म मात्र देशभरबाट ७५ जना संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here