भारतबाट घर फर्कनेको लर्को थाम्ने सशस्त्रको पानीको प्यासमै बित्छ दिन !

पप्पु गुरुङ्ग

दोधारा १० जेठ । लकडाउनले सीमा नाका बन्द भएपछि कोरोनाको त्रासले भारतबाट घर फर्कर्ने नेपालीको लर्को रोखिएको छैन् ।

माहाकाली नगरपालिकासँग सीमा जोडिएका भारतका सीमानाकामा सशस्त्र प्रहरीको आँखा छलेर रातीको समयमा स्वदेश फर्कने क्रम जारी रहेको हो ।

भारतसँग जोडिएको नेपाल–भारत सीमामा कोरोना कहरबीच सीमामा पहरा दिई रहेका सशस्त्र प्रहरी भोक तिर्खाको प्रवाह नगरि रातदिन खटिरहेका छन् ।

बढ्दो गर्मीको कारण् भारतबाट आएका नेपालीहरुलाई दशगजा क्षेत्रमा सम्हाल्न हम्मे हम्मे परेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले क्लाउड पत्रिकालाई बताए ।

तिर्खा लागेपनि प्यासकै भरमा बस्नु पर्ने बाध्यता छ, प्यास लागेको समयमा पानी खान भ्याईदैन् उनले भने ।

माहाकाली नगरपालिकाको बिभिन्न स्थानमा सशस्त्र प्रहरीले रातभरी जवान तैनाथ गरेर मानविय उद्धार कार्यमा प्रमुख भूमिका निर्वाह गर्दै आएका छन् ।

रातीको समयमा ३ घण्टामा सुत्न नपाएको सशस्त्र प्रहरीको जवानहरुको भनाई छ् । गर्मीको कारण उनिहरुको अनुहारको रंग समेत कालो बन्दै गएको छ् ।

माहाकाली नगर क्षेत्रमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा फ्रन्ट लाईनमा उभिएका सशस्त्र प्रहरी कोरोनाको उच्च जोखिम रहेको स्थानियहरुको दाबी छ ।

नेपाल सरकारले सशस्त्र प्रहरीलाई मास्क, सेनिटाईजर तथा ग्लोब्स लगाएका आधारभुत स्वास्थ्य आवश्यकता समेत उपलब्ध नगराई खुल्लारुपमा मानविय सेवामा उतारेका छ ।

माहाकाली नगरपालिकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिएका सशस्त्र प्रहरीको भने बिजोग देखिएको छ ।

सकंटको बेला खटेका झण्डै १ सय ५० सशस्त्र फौजको समयमा खान र सुत्न पाएका छैनन् । ‘यस पल्ट मौसमले निकै सताउन थालेको छ्, हावा हुरी आउछ । त्रिपाल उडाउछ, पानी पर्छ, भिजाउछ ।

माहाकाली नगरपालिकाको भारत संग जोडिएको ठुलो प्रान्त उत्तराखण्ड र उत्तर प्रदेशमा सशस्त्र फौज कोरोना संन्त्रास पछि सीमामा निगरानी गर्दै आएका छन् । अझै सम्म भारतबाट रोजागरी गुमेर कोरोनाको सन्त्रासले घर फर्कने क्रममा सीमा क्षेत्रमा भोकै प्यासै अलपत्र परेको १ हजार ५ सय भन्दा बढी बिभिन्न स्थानका नेपालीहरुलाई उद्धार गरि सकुशल गन्तब्य तिर पु-याउन सशस्त्र प्रहरी तल्लीन छ् ।

प्रहरी निरिक्षक भण्डारीको बलियो कमाण्डकै कारण माहाकाली नगर क्षेत्रको दशगजा क्षेत्रमा निकै लामो पैदल यात्रा गरि भोकै प्यासै बाटो बिराएर अलपत्र परेका दर्जनौ नेपालीहरुलाई चाउचाउ र पानीको ब्यवस्था गर्दै उच्च मानविय कार्य गर्दै आएको जानकारहरु बताउँछन् ।

आफ्नो ज्यानलाई जोखिममा राखेर मानविय कार्य गर्दै आएको माहाकाली नगरपालिकाका एक शिक्षक यशवन्त खड्काले बताए ।

‘कोरोना संक्रमणको बेला सशस्त्र प्रहरीको मानविय कार्यको जती प्रशंसा गरेपनि कमै छ’ शिक्षक खड्काले भने । सामान्य सुविधा बावजुत बिपत्तीको बेला आफ्नो ज्यानलाई उच्च जोखिममा राखेर कार्यको शिलशिलामा उनिहरुले रातीको समयमा सुत्न नपाउने, पानी समेत खानको लागी तडपिनु पर्ने समस्या भने उनिहरुको अन्तर पिडाकै बिषय छ् ।

तत्कालिन माओबादी सशस्त्र द्धन्द्धबीच जन्मेको मुलकको कान्छो जत्थालाई दुई दशक सम्म सीमामा आधुनिक र व्यवस्थित बनाएर तैनाथ गर्न सकेको छैन् ।

कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर घर पर्केने नेपालकै मुख्य नाका देखिएको माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्र भईरहदा सशस्त्र प्रहरी बिभागले आफ्ना मातहतका जवानलाई कोरोनाको संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने कि, नगराउने ? कोरोना भाइरस संगको युद्धमा बन्दुक बोकेर हैन, स्वास्थ्य सुरक्षा कवच प्रयोग गरे आफ्ना जवानहरुलाई युद्धमा पठाउनु पर्ने बिभाग प्रमुखहरुले बुझ्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here