नयाँबानेश्वरका तीन घर सिल

काठमाडौं, ११ जेठ । काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सम्बन्धितको निवासस्थल भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ सुरु गरिएको हो ।

ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब संकलन गरिने छ । संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here