काठमाडौंमा तीन सहित थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालय जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, हेटौडाको किटजन्य रोग अनुसन्धान केन्द्र, नेपालगञ्जको भेरी अस्पताल र सुर्खेतको प्रदेश अस्पतालमा भएको परीक्षणबाट नयाँ सक्रमति थपिएका हुन् ।

थपिएका संक्रमित कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लाका रहेका छन् । संक्रमितहरु १६ वर्ष उमेरदेखि ५३ वर्ष सम्मका छन्।

नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here