काठमाडौंमा भेटिएका संक्रमित टोखा र बुढानिलकण्ठका

काठमाडौं, १२ जेठ । काठमाडौंको टोखा र बुढानिलकण्ठका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here