भारतमा ७५ करोड कमाएको ‘अन्धाधुन’ले चीनमा कमायो ३०० करोड

पछिल्लो समय चीन बलिउड फिल्मको ठूलो बजार बनेको छ । चीनमा सिमित मात्रामा मात्रै बलिउड फिल्म रिलिज हुन्छन् ।

चिनियाँ भाषामा डब गरिएका वा सबटाइटल राखिएका केही फिल्ममात्रै रिलिज भएपनि चीन बलिउड फिल्मको निकै ठूलो बजार भएको छ ।

भारतमा केही महिना अघि प्रर्दशनमा आएको श्रीराम राघवन निर्देशित ‘अन्धाधुन’को व्यापारले पनि यो कुरा पुष्टि गर्छ ।अहिले चीनमा प्रर्दशन भइरहेको यो फिल्ममा आयुषमान खुराना, तब्बु र राधिका लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्मले चिनियाँ बक्स अफिसमा धमाका नै मच्चाएको छ । भारतमा ७५ करोड भारु कमाएको फिल्मले चीनमा ३०० करोड कमाएको बताइएको छ ।

यससँगै ‘अन्धाधुन’ चीनको बक्स अफिसमा धेरै कमाउने हिन्दी फिल्मको सूचीमा तेस्रो स्थान बनाउन सफल भएको छ ।

चीनमा धेरै कमाउने पाँच भारतीय फिल्मको सूचीमा पहिलो नम्बरमा ‘दंगल’, दोस्रोमा ‘सेक्रेट सुपरस्टार’, तेस्रोमा ‘अन्धाधुन’, चौंथोमा ‘बजरंगी भाइजान’ र पाँचौमा ‘हिन्दी मिडियम’ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here