कोरोना अपडेट : १ लाख ४६ हजारको परीक्षण, ६८२ संक्रमित, ४ को मृत्यु ११२ संक्रमण मुक्त

काठमाडौं, १२ जेठ । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ ।

५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको छ। हालसम्म नेपालमा कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। जसमध्ये हालसम्म उपचारपछि १ सय १२ जना डिस्जार्च भएका छन्। चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला, बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्ध र बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उपचार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।

मुलुकभर हाल ५ सय ६७ जना अस्पतालको आईसोलेसन वार्डमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा २ सय १, बागमतिमा २६, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ५६, कर्णालीमा ११ र सदुरपश्चिममा १० जना आईसोलेनसमा छन्।

हाल ४६ हजार २९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here