लक्ष्मी बैंकको डिबेञ्चर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडाैं, ९ वैशाख । लक्ष्मी बैंक लिमिटेडले निकट भविष्यमा जारी गर्न लागेको १०% लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

सोमबार एक कार्यक्रममा दुवै कम्पनी बीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरिएको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल रु २ अर्बको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकको हाल कायम रहेको रु ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here