विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रिया खुकुलो, कम्पनी आफैले पठाउन मिल्ने

काठमाडौं १२, जेठ । अब विदेशबाट पैसा पठाउन सम्बन्धीत व्यक्ति आफै बैक वा रेमिट्यान्स कार्यालयसम्म पुग्नु नपर्ने भएको छ । विदेशबाट रेमिट्यान्स पठाउने प्रक्रियामा राष्ट्र बैंकले केही खुकुलो नीति लिएपछि यो सुविधा प्राप्त भएको हो । यसरी रेमिट्यान्स पठाउन प्रतिदिन प्रतिपटक अधिकतम १ हजार ५ सय अमेरिकी डलर मात्र पठाउने सीमा राष्ट्र बैंकले तोकेको छ ।

अब कामदारले काम गर्ने कम्पनीको मालिक वा उसको एकाउन्टेन्टले बैैंकबाट पैसा पठाइदिन सक्छ । लकडाउनको कारणले पैसा पठाउन बैंक वा रेमिट्यान्स कम्पनीसम्म जान नसकिने भएपछि राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।

कोभिड १९ को अवस्था कायम रहेको समयसम्मका लागि भन्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । विभिन्न देशमा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंक तथा वित्तीय संस्थाको सहकार्यमा कम्पनीले सम्बन्धीत बैंकमा खाता खोली, उक्त खातामा कामदारको पारिश्रमिक जम्मा गर्नु पर्नेछ ।

सोही खातामा रहेको रकम मध्येबाट कम्पनी/प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको व्यक्तिको नाममा पैसा पठाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here