नारायणी अस्पताल संक्रमित विहिन, एकैदिन ४३ जना घर फर्किए

काठमाडौं, १२ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन ।

निरन्तर दुई पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएका संक्रमितलाई डिस्चार्ज गरिएकोहो । डिस्चार्ज हुनेमा दुई जना पत्रकार,तीन महिला सहित ४३ जना रहेका छन् ।

यसअघि आइतबार बेलुका एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । ४३ जना डिस्चार्ज भएपछि नारायणी अस्पताल संक्रमित विहिन भएको छ । पर्साका बाँकी २७ संक्रमितको गण्डक अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here