विश्वभर ५५ लाख ८६ हजार कोरोना संक्रमित, २३ लाख ६५ हजार संक्रमण मुक्त

फाइल फोटो

काठमाडौं, १३ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ५५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएसँगै मंगलबार बिहासम्ममा ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

२८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेके छ भने १५५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । चार जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here