हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाको उपचारमा प्रतिबन्ध !

काठमाडौं, १३ जेठ । मलेरियाको उपचारमा प्रयोग हुँदै आएको हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।

कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले उक्त निर्णय गरेको हो ।

यो अध्ययन सार्वजनिक भएलगत्तै डब्लुएचओको निगरानीमा भइरहेको क्लिनिकल ट्रायल गुप्रको बैठक बसेको थियो। १० सदस्य देशका प्रतिनिधि भएको यो समूहको बैठकपछि यो औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न प्रेरित गरिरहेका थिए ।

डब्ल्युएचओले यो औषधि प्रयोग गर्दाको नतिजा विश्लेषण गर्ने निर्णय पनि गरेको छ ।

डब्लुएचओका निर्देशक डा टेड्रोस एडहानम गेब्रियेसुसले यो औषधिको सुरक्षित प्रयोगका बारेमा डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने बताए। उनले यो औषधीको विश्वभर भइरहेको प्रयोगको विश्लेषण पनि गरिने बताएको छ।

टेड्रोसले हाइड्रोक्सिक्लोरिक्वीन र क्लोरोविक्वनको प्रयोग मलेरियाका रोगी र लुपतजस्ता रोगमा प्रयोग गरिँदै आएको बताए।

अहिलेसम्म यो औषधि कोरोना भाइरसको उपचारका लागि प्रभावकारी भएको ठोस प्रमाण प्राप्त भएको छैन। मार्चमा भारतले यो औषधिको निर्यातमा रोक लगाएको थियो। ट्रम्पको दबाबपछि पुनः भारतले यसलाई आशिंक रुपमा खुल्ला गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here