विश्वका २० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचीमा सन्दीप र कुशल

काठमाडौं, १३ जेठ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल २० वर्ष मुनिका उत्कृष्ट खेलाडीको सूचिमा परेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका हुन् ।

उक्त सूचीमा भारतका खेलाडीको वर्चश्व रहेको छ । २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको छ ।

पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् । सन्दीप लामिछाने लेग स्पिनर हुन् भने कुशल मल्ल अलराउण्डर हुन् ।

एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here