बृहतको १५ औं ‘रिमा’तालिम सम्पन्न, १२ एजेन्ट प्रशिक्षित

काठमाडाैं, ९ वैशाख । बृहत प्रोपर्टी सोलुसन्स् (बिपिएस) ले आयोजना गरेको १५ औं ब्याचको रियल स्टेट मार्केटिङ एजेन्ट तालिम सम्पन्न भएको छ । ‘बिपिएस’ व्यावसायिक समूह ‘बृहत ग्रूप’ अन्तर्गतको कम्पनी हो ।

अप्रिल १८ देखि २० सम्म काठमाडौंमा आयोजित १५औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका १२ जनाको सहभागिता थियो । यस १५औं रिमा ब्याचमा रियल स्टेट कै क्षेत्रमा कार्य गर्दै आएका व्यक्ति, रियल स्टेट लगानीकर्ता साथै यस पेशामा लाग्न मन भएका व्यक्तिकाे उपस्थिति रह्यो ।

तालिममा रियल स्टेट करिअर बारे आधारभुत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल स्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बीमा, प्रोपर्टी इभ्यालुएशन, रियल स्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटिएको थियो ।

तालिमका प्रशिक्षकहरुमा नेपालका अग्रणी रियल स्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, रुद्र पोखरेल, निश्चलमान सिंह प्रधान, सुप्रिया श्रेष्ठ, प्रार्थना बैद्य र निरज श्रेष्ठ रहेका थिए ।

यो तालिमले सहभागीहरुका लागि रियल स्टेट क्षेत्रमा करिअर बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ । सहभागीहरुले तालिम रियल स्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रमा करियर अघि बढाउनका लागि पनि अत्यन्त सहयोगी र उपलब्धिमुलक भएको र यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउने बताए ।

घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले १० वर्ष अघि देखि यस्तो तालिमको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म १९५ जना रिमा सर्टिफाइड भैसकेका छन् ।

बृहत ग्रूप नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने पहिलो र हाल सम्मको एक मात्र कम्पनी भएकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here