यो वर्ष तरकारी उत्पादन घट्ने, फलफूल बढ्ने

काठमाडौं, १४ जेठ । चालु आर्थिक वर्षमा तरकारीको उत्पादन घट्ने भएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ ले तरकारीको उत्पादन ४.३ प्रतिशतले घटेर ४० लाख ८९ हजार टन रहने प्रक्षेपण गरेको हो ।

गत वर्ष तरकारी उत्पादन ४ प्रतिशतले बढेको थियो ।

फलफूल उत्पादन भने यो वर्ष बढ्ने भएको छ । फलफूल उत्पादनमा ६.१ प्रतिशतले वृद्धि भइ १२ लाख ५० हजार टन पुग्ने अनुमान छ । यद्यपि फलफूल उत्पादनको वृद्धिदर भने गत वर्षको १६.६ प्रतिशशत भन्दा कम हो ।

त्यसैगरी, औद्योगिक बालीतर्फ यो वर्ष कपासबाहेक सबैको उत्पादन घट्ने भएको छ ।

उखुको उत्पादन ४.४ प्रतिशत, जुट ४ प्रतिशत, चिया ३.७ प्रतिशत र कफी ४.७ प्रतिशतले घट्ने अनुमान छ ।

कपासको उत्पादन भने ४१.४ प्रतिशतले बढ्ने भएको छ ।

चालु आर्थिक वर्षमा उखु, जुट र चियाको उत्पादकत्व प्रतिहेक्टर क्रमशः ४९.६ टन, १.३ टन, र ०.९ टन रहने अनुमान छ । गतवर्ष ती बालीको उत्पादकत्व क्रमशः ४९.७ टन, १.५ टन र १.१ टन थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here