खल्ती र कनेक्ट आईपीएसबाटै डिम्याट तथा मेरो सेयर नवीकरण गर्न सकिने

काठमाडौं, १४ जेठ । एनआईबीएल एस क्यापिटल लिमिटेडमा डिम्याट खाता र मेरो सेयर भएका ग्राहकले वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सक्ने भएका छन् ।

ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको क्यापिटलले बताएको छ ।

कम्पनीले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोभिड–१९ बाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाब र पुँजी व्यवस्थापन समेतमा सहयोग प्रदान गर्ने उद्देश्यले नयाँ दुई थरी एडभाइजरी प्रडक्ट समेत सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत बिजनेस एसेसमेन्ट एन्ड इम्प्याक्ट एनालाइसिस नामक सेवाले ग्राहकलाई उनीहरूको व्यवसायमा महामारीको प्रभावको लेखाजोखा, विश्लेषण र परामर्शको सेवा दिनेछ ।
यसले ग्राहकलाई व्यवसाय जोगाउन चाल्नुपर्ने कदम, विविधीकरण एवं नवप्रवर्तनका सम्भावना देखाइदिनेछ ।

साथै, व्यवसायको पुँजी जुटाउन र तत्कालीन समस्याको समाधानमा विकल्पहरूको खोजीमा समेत सहयोग गर्ने उद्देश्यले स्टार्टअप सेटअप एन्ड क्यापिटल फन्डिङ नामक सेवा ल्याएको छ ।
यो सेवाले ग्राहकलाई पुँजी जुटाउन, बजारको लेखाजोखा एवं वित्तीय सम्भाव्यताको अध्ययन गर्नमा सघाउ पु¥याउने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here