नेपालमा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुग्यो

फाइल फोटो

काठमाडौं, १५ जेठ । नेपालमा कोरोना भाइरस सङ्क्रमित थप एक बिरामीको ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ललितपुरका एकजनाको ज्यान गएको हो । उनको ललितपुरमै रहेको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. देवकोटाले जानकारी दिए ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा बुधबार उपचारका क्रममा ज्यान गएको थियो ।

उनको कोरोना परिक्षणको रिपोर्ट बुधबार आएको थियोे जसमा नतिजा पोजेटिभ थियो । उनी दीर्घरोगी रहेको बताएको छ । कलेजोको समस्या देखिएका ति पुरुष जेठ ११ गते अस्पताल भर्ना भएका थिए । १२ गते आईसीयूमा राखेर उपचार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here