कोरोनाको आशंकामा १ लाख ६२ हजार जनाको नमूना परीक्षण, संक्रमित १०४२

काठमाडौं, १५ जेठ । नेपालमा कोरोनाको आशकामा हालसम्म १ लाख ६२ हजार ७ सय ३० जनाको कोरोना परीक्षण भएको भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६० हजार ६ सय ९६ जनाको पिसिआर र १ लाख २ हजार ३४ जनाको आरडिटीबाट परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय १९ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। जसबाट १५५ संक्रमित थपिएका छन् । हाल कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

जसमध्ये १ सय ८७ जना उपचारपछि डिस्जार्च भएका छन्। कुल संक्रमितमध्ये ९ सय ४० पुरुष र १ सय २ जना महिला रहेको मन्त्रालयले जनाएको छ।

कोरोना प्रभावित जिल्लाको संख्या ५१ पुगेको छ । मुलुकभर हाल ८ सय ५० अस्पतालको आईसोलेसन र ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here