प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ११ अर्ब ६० करोड

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि रु. ११ अर्ब ६० करोड दिइने भएको छ ।

यसमार्फत २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै उनले स्थानीय तहमा कामका लागि खाद्यान्न कार्यक्रम आयोजना गर्ने बताए ।

बेरोजगार र वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी दिने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here