सान्जेन र रसुवागढीमा सेयर भर्ने आज अन्तिम दिन

 

काठमाडौं १०, वैशाख ।  सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीमा सेयर भर्नु भएको छैन भने आज भरिहाल्नुस । ती कम्पनीको सेयरमा माग सोमबारसम्म मागभन्दा धेरै आवेदन परिसकेको छ । यसकारण कम्पनीले मंगलबार देखि आवेदन संकलन बन्द गर्दैछन् ।

सोमबारसम्म सान्जेन जलविद्युत कम्पनीको सेयरमा १ लाख ५८ हजार जनाले ८० लाख ८५ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सोमबारसम्मको तथ्यांक हो । सो आवेदन मागभन्दा करिब डेढ गुणा बढी हो ।

सोमबारसम्म रसुवागढीमा पनि ९९ लाख कित्ताको लागि आवेदन परेको छ । यो पनि आब्ह्रान गरेभन्दा बढी हो । इन्टरनेटमार्फत लगानीकर्ताले आफै सेयर भर्न सक्ने मेरो सेयरमा समस्या आएकाले आइतबार र सोमबार धेरै लगानीकर्ताले आवेदन दिन पाएका थिएनन ।

मंगलबार त्यो समस्या समाधान भएको छ । यसकारण लगानीकर्ताले मेरो सेयर मार्फत आवेदन दिनसक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here