३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्न ५० करोड विनियोजन, के हो भूमि बैंक ?

काठमाडौं, १५ जेठ । सरकारले संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बै‌क स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७र ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । त्यसको लागि सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको खतिवडाले बताए ।

कृषि क्षेत्रको विकास विस्तार एवम् आधुनिकीकरण गर्ने उद्देश्यले सरकारले भूमि बैंकको व्यवस्था गर्न लागेको हो ।

कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताएका छन् ।

के हो भूमि बैंक ?
कुनै किसानले कृषिकर्म गर्न नसके आफ्नो भूमि बैंकको जिम्मामा दिने र बैंकले कृषि गर्ने वा अरु कृषकलाई भूमि उपलब्ध गराउने व्यवस्था नै भूमि बैंक हो । । यसले भूमी बाँझो रहन दिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here