तराई मधेशका जिल्लामा ५० हजार वायोग्याँस स्थापना गरिने, मेलम्चीलाई साढे ५ अर्ब

काठमाडौं, १५ जेठ । आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।

वैकल्पिक इन्धनलाई विस्तार गर्न सरकारले ती प्लाण्ट निर्माण गर्न लागेको हो ।

वैकल्पिक उर्जा क्षेत्रका लागि आगामी वर्ष सरकारले ४ अर्ब १३ करोड विनियोजन गरेको छ ।

त्यसैगरी, चालु आव भित्र मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गरिने र साउनबाट पानी बितरण थालिने पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

उनले बजेटमा मेलम्चीको दोस्रो चरणका लागि रु. ५ अर्ब ४० करोड छुट्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here