कोरोनाको कारण आर्थिक वृद्धिदरको लक्ष्य भेट्न मुस्किल

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक २०७७/७८ का लागि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

कोरोना भाइरसको संक्रमणका कारण अर्थव्यवस्थामा संकट आएको बेला अर्थमन्त्रीले भने उच्च आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेका हुन्।

चालु आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका बेला सरकारले भने बजेटमार्फत आर्थिक वृद्धिको महत्वकांक्षी लिएको लक्ष्य हो।

अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशतको सीमामा राखिने पनि बताए।

कोरोनाकै कारण विगत तीन वर्षदेखि ६ प्रतिशतमाथि रहेको आर्थिक वृद्धि खुम्चिने, पूँजीगत खर्च झन् कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here