नुवाकोटका संक्रमित युवामा भेटिएन कोरोना, दोस्रो रिपोर्ट पनि ‘नेगेटिभ’

काठमाडौं, १६ जेठ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नुवाकोट ककनीका एक व्यक्तिको दोस्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ।

परिवारिक स्रोतको अनुसार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। बुधबार र शुक्रबार आएको रिपोर्टहरु दुवै नेगेटिभ रहेकाले उनलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उनलाई अस्पतालले आज डिष्टार्ज गर्ने तयारी गरेको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा जेठ ११ कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिभएसँगै संक्रमित व्यक्ति टेकु अस्पताल भर्ना भएका थिए । परिवार र उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन बुधवार गरिएको थियो ।
उनिहरुको रिपोर्ट आउन भने बाँकी नै रहेको छ ।

उनको दोस्रो परीक्षण नेगेटिभ आएसँगै कोरोना भाइरस संक्रमणका दृष्टिले ककनी गाउँपालिका वडा नं ३ सुरक्षित देखिए स्थानियहरुले बताए । लगातार दुई पटकसम्मको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here