डिजिटल एजीएम गर्दै सहयोगी विकास बैंक, जेठ २४ मा सभा

काठमाडौं, १६ जेठ । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभा (एजीएम) अनलाइन गर्ने भएको छ ।

कोरोनाभाइरस महामारीका कारण बैंकले जेठ २४ गते शनिवार दिउसो २ बजे बैंकको केन्द्रीय कार्यालय, जनकपुरको हातामा एजीएम आयोजना गर्ने र शेयरधनीहरुले डिजिटल प्रविधिमार्फत सभामा उपस्थिथि जनाउन सक्ने बताएको हो ।

बैंकको जेठ १५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

गत चैत १० गते आयोजना गर्ने भनिएको वार्षिक साधारण सभा लकडाउनका कारण स्थगित भएको थियो ।

अहिले नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधिमार्पmत साधारण सभा गर्न र सो साधारण सभामा डिजिटल प्रविधिमार्पmत पनि संचालक एवं शेयरधनीहरुले सहभागिता जनाउन सक्ने स्विकृती दिएको कारणले यो साधारण सभा गर्न लागेको प्रमुख कार्यकारी अधिकृत सुन्दर खडकाले बताए ।

प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने बैंकले बताएको छ ।

डिजिटल प्रविधिमार्पmत सहभागी हुन चाहने इच्छुक आफ्ना शेयरधनी महानुभावहरुलाई सभा सञ्चालन हुनु भन्दा २४ घण्टा अगाडी मोबाइल नं ९८५४०२८९७२ वा ९८४४०५३४०० मा सम्पर्क गर्न सूचना समेत प्रकाशित गरेको छ ।

सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनल लि.संग बिलय हुने प्रस्ताव यो १६ औं वार्षिक साधारणले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here