कोरोना जित्दै नुवाकोटका संक्रमित युवा डिस्चार्ज

काठमाडौं, १६ जेठ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नुवाकोट ककनी वडा नं ३ चाउथेका एक व्यक्ति डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालको आइसोलेसनमा यही जेठ ११ गते भर्ना भएका उनको लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै शुक्रबार अस्पतालले डिस्चार्ज गरेको हो ।

बुधबार र शुक्रबार आएको रिपोर्टहरु दुवै नेगेटिभ रहेकाले उनलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा जेठ ११ कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिभएसँगै संक्रमित व्यक्ति टेकु अस्पताल भर्ना भएका थिए । परिवार र उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन बुधवार गरिएको थियो । उनिहरुको रिपोर्ट आउन भने बाँकी नै रहेको छ ।

उनि डिस्जार्ज भएसँगै कोरोना भाइरस संक्रमणका दृष्टिले त्रास रहेको ककनी गाउँपालिका वडा नं ३ मा खुशी छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here