थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं, १६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन बनेको छ। हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here