टेनिस स्टार रोजर फेडेरर सर्वाधिक कमाउने खेलाडी, मेस्सी तेस्रो

काठमाडौं । स्वीजरल्यान्डका टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिको शीर्ष स्थानमा पुगेका छन् ।

फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।

कीर्तिमान खेलाडीले विश्व फुटबलका हस्तीहरु क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमारलाई समेत उछिनेर बढी आम्दानी गर्ने खेलाडीका शीर्ष स्थानमा उभिएका हुन् ।

३८ बर्षका फेडेररले पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । उनले विभिन्न प्रायोजकबाट ८१ मिलियन पाउण्ड प्राप्त गरे ।

क्रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् । बक्सर टाइसन फुरी ४६.२ मिलियन आयसहित ११ औँ स्थानमा परेका छन् ।

समग्रमा २९ स्थानमा रहेकी टेनिस खेलाडी नाओमी ओशाका महिला तर्फ सर्वाधिक आय गर्ने खेलाडी बनेकी छन् । टेनिस स्टार नोभाक जोकोभिच २३ औं, राफेल नाडाल २७ औं स्थानमा रहँदा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहा ३४ औं र केलियन एम्बाप्पे ३६ औं स्थानमा रहेका छन् ।

कोरोना महामारीका कारण मेस्सी र रोनाल्डोको तलबमा कटौती भएकाले टेनिस खेलाडी सर्वाधिक कमाई गर्ने पहिलो खेलाडी बनेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here