कोरोनाबाट बाजुराकी दुई वर्षीय बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

फाइलफोटो

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान मृत्यु भएको जानकारी दिए।

उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ। ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।

नेपालमा कोरोनाबाट ज्यान गुमाएका मध्ये ७ जनाको मृत्यु पछि मात्र कोरोना पुष्टि भएको छ ।

शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो। नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

संक्रमण देखिएकामध्ये २२० जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here