बाँकेमा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

कठमाडौं, १९ जेठ । बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ ।

भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गएराति करिब १२ बजेतिर ठोक्किँदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो। घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए। नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here