भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संक्रमित निको भएर फर्किए

काठमाडौं । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किएका छन ।

पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि २५ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

रुपन्देही गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि २५ जना डिस्चार्ज भएको अस्पताल स्रोतले बताएको छ ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरेका गरेका थिए ।

योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको छ । यस्तै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५ सय ६८ पुगेको छ २ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here