पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, २० जेठ । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

यससँगै नेपालमा कोरोना संक्रमितको २०९९ संख्या पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २६६ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here