भारतीय गाडीको निर्वाध आगमन नियन्त्रण गरः नाडा

काठमाडौं, १० बैशाख । अटोमोबाइल व्यवसायीले नेपालमा भारतीय गाडीको निर्वाध आवागमन नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्वबजेट छलफलमा बोल्दै नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले भारतीय सवारीको निर्वाध आवागमनले नेपालको अटोमोबाइल व्यवसायका साथै यातायात क्षेत्रमा समेत प्रत्यक्ष असर पारेको बताए ।

‘यसरी भारतीय गाडी सधैंभरी आइरहन र यता गुडिरहन पाउने व्यवस्थामा नियन्त्रण जरुरी छ । त्यसका लागि उनीहरुको नेपाल प्रवेश शुल्कमा दोब्बर वृद्धि गर्नु पर्छ,’ अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिंदै उनले भने ।

उनका अनुसार भारतीय गाडीको आवागमनमा नियन्त्रण गर्न उनीहरुले दैनिक तिर्दै आएको कर दोब्बर गर्नु पर्छ भने एक वर्षमा १ महिनाभन्दा नेपालमा रहन नपाउने व्यवस्था गर्नुु पर्छ ।

यसरी जहिले पनि आउन पाउने जति समय पनि रहन पाउने अवस्था बिडम्बनापूर्ण छ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here