नुवाकोटका दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, २० जेठ । नुवाकोटको दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
भारतबाट सुनौली नाका हुँदै यही जेठ १४ गते आएका म्यागङ-५ का १८ वर्षका र ३२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।

ग्रामसेवा माविको क्वारेन्टाइनमा बसेको ३५ जना मध्ये ८ जनाको जाँच गर्दा २ नाामा पोजेटिभ देखिएको हो । उनिहरुलाई उपचारको लागि त्रिशूली अस्पतालको आइशोलेशनमा सामरीबाट एम्बुलेन्समा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here