सामाजिक दूरीको नियम उल्लंघन हुन थालेपछि बनाइयो लामो साइजको जुत्ता

काठमाडौं । विश्वभरलाई कोरोनाको त्रासले छोएको छ । कोरोना रोकथामको लागि अनेक उपायहरु अपनाउन थालिएको छ ।

लकडाउ, मास्कको प्रयोग, व्यक्ति–व्यक्तिबीच सामाजिक दुरीको नियम लगाउदाँ पनि उल्लंघन हुन थालेपछि रोमानियाले लामो साइजको जुत्ता बनाउन सुरु गरेको छ ।

डब्लूएचओका अनुसार कोरोना प्रकोपका बेला मानिसले व्यक्ति व्यक्तिबीचको शारीरिक दुरी साढे एक देखि २ मिटरसम्म कायम गर्नुपर्छ।

यसरी कोरोना संक्रमण हुने खतरा रहँदैन।

तर मानिसहरुले शारीरिक दुरीको नियम पालना नगरेको देखेपछि ग्रिगोरे लुपले साइज ७५ को जुत्ता बनाएका छन्।

समाचार अनुसार, रोमानियामा लगभग दुइ महिनादेखि लगाइएको लकडाउन खुकुलो बनाइएपछि मानिसहरूले सामाजिक दूरीको नियम पालन गरेनन् । त्यसपछि एक जुत्ता व्यापारीले लामो जुत्ता बनाउने निर्णय गरे ।

जुत्तानिर्माता ग्रिगोर लुपले बनाएको लामो जुत्ताले मानिसहरूलाई लगभग डेढ मिटरको दूरी कायम गर्न सहज बनाउँछ । लुप विगत ३९ वर्षदेखि जुत्ताको कारोबारमा छन् । यो जुत्ताको लम्बाई सामान्यभन्दा निकै लामो छ। मानिसहरुले शारीरिक दुरीको नियम पालना गरुन भनेर यस जुत्ता बनाएको उनले बताएका छन्।

यस जुत्ता लगाएपछि मानिसहरु टाढा–टाढै बस्ने उनको विश्वास छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here