नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ पुग्यो

फाइल फोटो

काठमाडौं, २१ जेठ । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्युु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत बुधबार मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको थियो।

यसअघि, सिन्धुपाल्चोक, गुल्मी, बाँके, दैलेख, ललितपुरमा कोरोनाका कारण मानिसहरुको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here