कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ जेठ । कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एकै दिन १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएकामा दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन्। सँगै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ गरेर १०५ जना संक्रमित दैदेखका छन्।

योसँगै कर्णालीमा मात्रै २१३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रदेश २ रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here