रुकुम घटनामा पक्राउ परेका वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं, २२ जेठ । जिल्ला अदालत रुकुमले चौरजहारी हत्याकाण्डमा पक्राउ परेका वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित १८ जनालाई थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो ।

हत्याकाण्डमा थप अनुसन्धानमा लागि २५ दिने समयमा माग गर्दै सरकारी वकिल कार्यालय रुकुमले जिल्ला अदालत पेश गरेको थियो ।

पश्चिम रुकुम चौरजहारी हत्याकाण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन । रुकुम पश्चिम चौरजहारीमा प्रेमिकालाई भगाउन आएका युवाहरुलाई चैत १० गते घेरा हालेर हत्या गरी भेरी नदीमा बगाएको आरोप लागेको छ ।

गाउँलेहरुले जातीय विभेदका आधारमा हिंसा गरेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here